४ कार्तिक २०८३, बुधबार

फेरि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो थाहा पाउनुहोस्

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० साउन । सुनको मूल्य आज फेरि बढेको छ । प्रतितोला ७१ हजार ५०० रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै सबभन्दा बढी मूल्य हो ।

यसअघि मङ्गलबार सुनको मूल्य ७१ हजार पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुनको मूल्य अहिलेसम्मकै सबभन्दा बढी कायम गरेको हो।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ७१ हजार २ सय पुगेको छ।

त्यसैगरी, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको छ । हिजो प्रतितोला ८ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार ८ सय ४० मा कारोबार भएको छ।