मंगलबार, ३ भदौ २०७६
DainikNepal.com
मंगलबार, ३ भदौ २०७६

एनआईसी एशिया रेमिटको चाडपर्व लक्षित उपहार योजना

दैनिक नेपाल २०७६ साउन २९ गते १७:१०

काठमाडाैँ, २९ साउन । एनआईसी एशिया बैंकले एनआईसी एशिया रेमिटको चाडपर्व योजना संचालनमा ल्याएको छ । यस योजनाअन्तर्गत अब एनआईसी एशिया रेमिटबाट नेपालभित्र एक पटक रकम पठाउँदा अर्को पटक सित्तैमा पठाउन पाउने व्यवस्था बैँकले गरेको छ ।

बैँकले आगामी चाडपर्वको अवसरलाई ध्यानमा राख्दै समस्त ग्राहकलाई एक ठाउँबाट अर्काे ठाउँमा रकम पठाउँदा हरेक दोस्रो कारोबार सित्तैमा गर्न पाउने सुविधा प्रदान गरेको छ ।

विप्रेषण रकम यस बैँकका देशभर फैलिएको २९५ शाखा कार्यालयहरु, ५७ वटा एक्सटेन्सन काउण्टर, ४१ वटा शाखारहित बैंकिङ्ग इकाई एवं ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरुमार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ ।

यो सुविधाबाट चाडपर्वको समयमा ग्राहक महानुभावहरुले रकम पठाउँदा उच्चतम् लाभ हुने र झन्झटरहित तरिकाबाट धेरै शाखा सञ्जाल भएको यस बैंकमार्फत् सजिलै रकम पठाउन र निकाल्न सकिने विश्वास बैंकले लिएको छ । यो योजना २०७६ साल भाद्र १ देखि आश्विन ३० गतेसम्म लागू हुनेछ ।

बैंकको मुलुकभर २९५ शाखा कार्यालयहरु, ३३५ एटिएम, ५७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक बनेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बैँकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित