काठमाडाैं, २९ साउन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको मीनभवनस्थित भिएस निकेतन स्कूलमा एटिएम सेवा शुभारम्भ गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा भिएस निकेतनका उबिन पोखरेलले संयुक्त रुपमा उक्त एटिएम सेवाको उद्घाटन गरेका हुन् ।
यसले गर्दा स्कूलका सेवाग्राही तथा मीनभवन क्षेत्र र वरपरका जनता निकै लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।















प्रतिक्रिया