शनिबार, ३० कार्तिक २०७६
DainikNepal.com
शनिबार, ३० कार्तिक २०७६

एनआईसी एशिया बैंक र मर्सि सिटी हस्पिटलबीच सम्झौता

दैनिक नेपाल २०७६ साउन २८ गते १६:०५

काठमाडौँ, २८ साउन । एनआईसी एशिया बैंक लिमिटेड र मर्सि सिटी हस्पिटल प्रालि बुटवल, रुपन्देहीबीच बैंकका ग्राहकवर्ग र कर्मचारीलाई अस्पतालमा उपचार गराउँदा हस्पिटलका सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश नं ५ का प्रादेशिक कार्यालय प्रमुख तिलक सुन्दर कार्की र मर्सि सिटी हस्पिटलको तर्फबाट हस्पिटलका प्रबन्ध निर्देशक गोपाल प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताले ग्राहक तथा कर्मचारीहरु लाभान्वित हुने बैँकले जनाएको छ ।

बैंकको मुलुकभर २९५ शाखा कार्यालयहरु, ३३४ एटिएम, ५७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

१७ लाखभन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित