४ कार्तिक २०८३, बुधबार

अन्तत : सन्दीप लामिछानेलाई भिसा दिन बाध्य भयो अमेरिकी दूतावास

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ साउन । काठमाडौंस्थित अमेरिकी दूतावासले अन्तत : नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई भिसा दिएको छ ।

मंगलबार विहान मात्र दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको  थियो । यसले आफू आश्चर्यमा परेको भन्दै उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री, दूतावास लगायतलाई मेन्सन गर्दै ट्वीट गरेका थिए ।

सन्दीपले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए । तर, अमेरिकाले भिसा नदिएपछि ठूलै खैलाबैला मच्चिएको थियो ।

उनलाई भिसा नदिएको विषयमा अमेरिकी दूतावासको चारैतिरबाट आलोचना भएको थियो ।

लगत्तै दूताबासले सन्दीपलाई बोलाएर अन्तर्वार्तालगायतको प्रक्रिया पूरा गरेर भिसा दिएको छ । क्रिकेट टीमका व्यवस्थापक रमन शिवाकोटीले अमेरिकी दूतावासले फेरि बोलाएर भिसा दिएको बताए ।

अन्तत : अमेरिकी दूतावास सन्दीपलाई भिसा दिन बाध्य भएको छ ।

सन्दीपले पनि ट्वीट गर्दै ‘समस्या समाधान’ भएकाे बताएका छन् ।