
काठमाडौं, २८ साउन । नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई नेपालस्थित अमेरिकी दूतावासले प्रवेशाज्ञामा रोक लगाएको छ ।
नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्नका लागि अमेरिका जान लागेका थिए ।
अमेरिकी दूतवासले भिसा रिजेक्ट गरेकोमा आफू आश्चर्यमा परेको लामिछानेले बताएका छन् ।
क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न जानका लागि मंगलबार लामिछानेले दूतावासमा आवेदन दिएका थिए ।
ट्वीटरमा नेपाल सरकारका प्रधानमन्त्रीको आधिकारीक ट्वीटरमा मेन्सन गर्दै लामिछानेले यस्तो जानकारी दिएका हुन् ।
















प्रतिक्रिया