बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

फेरि बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

दैनिक नेपाल २०७६ साउन २८ गते ११:५४

काठमाडौँ, २८ साउन । आज सुनको भाउ बढेर प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ ।

नेपाली बजारमा अघिल्लो दिनको तुलनामा भाउ १ हजार रुपैयाँले बढेर ७१ हजार रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ । मंगलबारको भाउ अहिलेसम्मकै उच्च हो ।

यसअघि सोमबार सुनको मूल्य ७० हजार रुपैयामा कारोबार भएको थियो । महासंघका अनुसार मंगलबार तेजाबी सुनको मूल्य पनि प्रतितोला पनि १ हजार रुपैयाँले बढेर ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भएको छ । यता, भाउ निरन्तर बढेपछि बजारमा क्रेता ज्यादै न्यून देखिएका छन् । बिक्रेताको भने भीड लागेको छ ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ ६ वर्ष यताकै उच्च विन्दुमा पुगेको सञ्चार माध्यमहरुले जनाएका छन् । विश्व बजारमा सुन प्रतिआउन्स ०.६४५ १ हजार ५२६.८५ डलर सम्म पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित