मंगलबार, ३ भदौ २०७६
DainikNepal.com
मंगलबार, ३ भदौ २०७६

४० करोड दिँदा पनि रिमेकमा खेल्न अस्वीकार

दैनिक नेपाल २०७६ साउन २८ गते ९:५४

मुम्बई । तेलेगु अभिनेता विजय देवराकोंडाले करण जोहरको ४० करोड भारूको प्रस्ताव अस्वीकार गरेका छन् । विजय ‘अर्जुन रेड्डी’ सिनेमाका अभिनेता हुन् । शाहिद कपर स्टार ‘कबीर सिंह’ यहि सिनेमाको हिन्दी रिमेक हो ।

विजयले हालै रिलिज भएको ‘डियर कमरेड’ सिनेमाको हिन्दी रिमेकका लागि करणले दिएको ४० करोड भारू पारिश्रमिकको प्रस्ताव लत्याएका हुन् । करणले यस सिनेमाको हिन्दी रिमेक राइट केहि दिन अगाडी ६ करोड भारूमा किनेका थिए ।

करणको ४० करोडको प्रस्ताव अस्वीकार गरेको स्वयं विजयले खुलासा गरेका हुन्। करणले यस सिनेमाको राईट रिलिज अगाडि नै हेरेर किनेका थिए । विजयले आफू दुई–दुई पटक एउटै कथामा काम गर्न उत्सुक नरहेकाले सिनेमाको अस्वीकार गरेको बताएका हुन् ।

यसअघि विजयलाई ‘कबीर सिंह’को हिन्दी रिमेक खेल्ने प्रस्ताव पनि गरिएको थियो जसलाई उनले अस्वीकार गरेका थिए । उनले अस्वीकार गरेपछि सिनेमा शाहिदको पोल्टामा गएको हो । ‘हिन्दी सिनेमा काम गर्नु रोचक हुन्छ तर म हिन्दी र तेलेगु दुबैमा हुने सिनेमा गर्न चाहन्छु’, उनले भने ।

त्यसैगरी उनले रिमेकमा काम नगरेपनि बलिउड सिनेमाका केहि स्क्रिप्टहरू पढिरहेको र मनपरेमा ती सिनेमामा काम गर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित