बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

कामना सेवाद्धारा सहयोग तथा चेक हस्तान्तरण

दैनिक नेपाल २०७६ साउन २७ गते १९:०५

काठमाडौँ, २७ साउन । कामना सेवा विकास बैंकले रुपन्देही जिल्ला वुटवल ६ स्थित श्री तिलोत्तमा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्कुल झोला वितरण गरेका छन् ।

“प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मूल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको बैँकले विद्यार्थीहरुलाई झोला वितरण गरेको हो । बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले झोला वितरण गरेका थिए ।

त्यस्तै सिद्धार्थनगर नगरपालिकामा सिसि क्यामेरा जडानका लागि सिसि क्यामेरा जडान उपभोक्ता समितिलाई भैरहवा शाखा कार्यालयका शाखा प्रवन्धक श्री तुलसी प्रसाद आचार्यले २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।

यसैगरी बैंकले स्वर्णिम सुरक्षित बचत खाताका ग्राहकलाई स्वास्थ्य बीमा गर्दै आएकोमा शाखा कार्यालय दमकका ग्राहक सारदा आङ्देम्बेलाई ९ हजार ६ सय ७ रुपैयाँ र बेसीशहरका ग्राहक रन्जिता अधिकारीलाई ६७ हजार ८ सय १९ रुपैयाँ स्वास्थ्य बीमा अन्तर्गतको रकम हस्तान्तरण गरेको छ ।

काठमाडौँको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९७ वटा शाखा तथा ४५ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA, लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको बैँकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित