४ कार्तिक २०८३, बुधबार

ग्लोबल आइएमई बैँक बिहान ८ देखि बेलुका ८ सम्म खुल्ने

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ साउन । ग्लोबल आइएमई बैँकले साउन २६ गते आइतबारदेखि बैंकको कान्तिपथस्थित शाखाबाट दैनिक १२ घण्टा सेवा सुचारु गरेको छ ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गर्दै बैँकले कान्तिपथ शाखाबाट बिहान ८ बजे देखि बेलुका ८ बजेसम्म खुल्ला सेवा दिने भएको हो ।

बैंकले सरकारी तथा अन्य कार्यालयमा कार्यरत कर्मचारी, व्यापारी र तथा अन्य वर्गको व्यस्ततालाई लक्षित गर्दै साविकको कार्यालय समय अघि र पछि पनि बैंकिङ्ग सेवा उपलब्ध गराउने हेतुले यो सेवा सञ्चालनमा ल्याएको हो ।

यो सेवा शनिबार र अन्य बिदाको दिन बाहेक हप्तामा ६ दिन नै खुल्ला रहने बैंकले जनाएको छ । शनिबार तथा अन्य विदाको दिनमा बैंकले बिहान १० बजेदेखि १ बजेसम्म होलिडे काउण्टर सेवा सञ्चालन गर्दै आएको छ ।