१७ कार्तिक २०८३, मंगलबार

छुट्टाछुट्टै स्थानमा ३ जना मृत फेला

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २४ साउन । काठमाडौँ महनागरपालिका १९ इनाटोलमा व्यक्तिगत विवरण नखुलेका करिब ३६ वर्षीय जंगे भनेर परिचित पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी, काठमाडौँ टोखा नगरपालिका २ भुतखेलस्थित सडकमा बाँनियाटार बस्ने नुवाकोट शिवपुरी गाउँपालिका ८ घर भएका ३६ वर्षीय बासुदेव खतिवडा बा.७५ प ८१५२ नम्बरको मोटरसाइकलमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै, धनुषाको जनकपुर उपमहानगरपालिका ४ मा भारत घर भएका ४५ वर्षीय बिक्की राम शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।