१७ कार्तिक २०८३, मंगलबार

२६५ रोपनीमा लगाइएको गाँजा नष्ट

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


बाजुरा, २४ साउन । प्रहरीले तीन महिनाको अवधिमा दुई सय ६५ रोपनीमा लगाइएको गाँजा नष्ट गरेको छ । जिल्लाको बडीमालिका नगरपालिका, बूढीनन्दा नगरपालिका, खप्तड छेडेदह गाउँपालिका र जगन्नाथ गाउँपालिकाका विभिन्न ठाउँमा गाँजा फडानी गरिएको हो ।

प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटका अनुसार बडिमालिका नगरपालिका–१ पाटामा मात्र १४ रोपनीमा लगाइएको गाँजा नष्ट गरिएको छ । गाँजा सेवनका कारण घरेलु हिंसाका घटना बढ्दै गएपछि प्रहरीले गाँजा फडानी अभियान चलाएको हो ।

प्रहरी नायब उपरीक्षक भाटले नेतृत्व गरेको टोलीले बडीमालिका नगरपालिकाको रापक, बिरेखोला, पानीनाउलालगायत ३५ रोपनी खेतीयोग्य जग्गामा रहेको गाँजा नष्ट गरेको छ । “अपराध नियन्त्रणका लागि प्रहरी सक्रियताका साथ काम गरिरहेको छ”, उहाँले भन्नुभयो । –रासस