
काठमाडौँ, २४ साउन । सशस्त्र प्रहरी बलका शान्ति स्थापनार्थ खटिएको एक टोली आफ्नो एक वर्षे कार्यकाल सम्पन्न गरेर स्वदेश फर्किएकोेमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले स्वागत गरेका छन् ।
संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड् नेशन्स मिसन इन साउथ सुडानमा फम्र्ड पुलिस युनिट (एफपीयु) को रुपमा खटिएको टोली स्वदेश फर्किएको हो ।
साउन २४ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित एक समारोहकाबीच अतिरिक्त महानिरीक्षकले स्वागत गरेका हुन् ।
कार्यक्रममा समस्याग्रस्त मुलुकमा शान्ति स्थापना गर्ने कार्यमा टोलीले पु¥याएको योगदानले अन्तर्राष्ट्रियस्तरमा समेत राष्ट्र र संगठनको शीर उच्च बनाउन मद्दत पुगेको उल्लेख गरे । स्वदेश फर्किएपछि समेत आफ्नो पदीय दायित्व अनुसार कार्यक्षेत्रमा उत्कृष्ट कार्य गर्न प्रयत्नशील रहिरहनु पर्ने समेत बताए ।

उनले यूएन मिसनमा विभिन्न देशका सुरक्षाकर्मीहरुसँग सहकार्य गर्दै प्राप्त जिम्मेवारी निर्वाह गर्ने क्रममा हासिल गरेको ज्ञान र अनुभवलाई स्वदेश फर्किएपछि राष्ट्र र संगठनको हितमा उपयोग गर्नुपर्ने बताउँदै मिसन ईलाकामा शान्ति स्थापनार्थ उक्त टोलीले सम्पादन गरेको कार्यले संगठनको इज्जत प्रतिष्ठामा समेत वृद्धि भएको उल्लेख गरे ।
महानिरीक्षक पौडेलले विभिन्न किसिमका समस्या र कठिनाईकाबीच शान्ति स्थापनार्थ साउथ सुडानमा फम्र्ड पुलिस युनिटको रुपमा खटिएको एपीएफ टोलीले युएनको म्याण्डेटअनुरुप त्यहाँका जनताको मन जित्दै उत्कृष्ट कार्य गरिरहेको चर्चा गरे ।
सशस्त्र प्रहरी नायव उपरीक्षक खुमबहादुर के.सी.को कमाण्डमा स्वदेश फर्किएको टोलीमा एपीएफ अधिकृत, विल्लादार तथा जवान गरी कुल ४६ जना रहेका सशस्त्र प्रहरी बलले जनाएको छ ।












प्रतिक्रिया