बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

कश्मीरमा मोदीको धमाका निर्णयपछि पाकिस्तानी विदेशमन्त्रीले देश छाडे, ३ दिन बेइजिङ बस्ने

दैनिक नेपाल २०७६ साउन २४ गते १०:०७

नई दिल्ली, २४ साउन । भारतले जम्मू–कश्मीरबाट सविधानको ३७० र ३५ ‘ए’ हटाएपछि आत्तिएको पाकिस्तानले चीनको सहायता मागेको छ ।

अन्तर्राष्ट्रियस्तरमा पाकिस्तानले भारतविरुद्ध जनमत बनाउन अभियान थालेको छ ।

चीनको समर्थन जुटाउन पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशी बेइजिङ गएका छन् ।

पाकिस्तानले भनेअनुसार जम्मू–कश्मीर मुद्दामा कुनै पनि समर्थन नपाएपछि विदेशमन्त्री कुरैशी बेइजिङको शरणमा पुगेका हुन् । कुरैशी चीनमा तीन दिन रहनेछन् ।

पाकिस्तानी विदेश मन्त्री शाह महमूद कुरैशीले चीनका विदेशमन्त्री वाय यीसँग भेटवार्ता गर्नेछन् ।

वाय यीका अलावा उनले चीनका अन्य ठूला नेताहरूसँग पनि भेटवार्ता गर्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित