
काठमाडौं, २३ साउन । प्रहरीले सालकको खपडा जस्तै वस्तु ८३ टुक्रा, कस्तुरीको विना जस्तै वस्तु १ वटा र करिब ६० हजार रुपैयाँ बराबरको वाइरिङका तारहरुसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौ महानगरपालिका १४ कलंकीबाट सतुंगल बस्ने मकवानपुर थाहा नगरपालिका ताखेल घर भएका २८ वर्षीय प्रशान्त थोकरलाई प्रहरीले पक्राउ गरेको हो ।
स्थानीय मदन झाको बन्दै गरेको घरबाट वाइरीङ गरेको तारहरु चोर्दै गरेको भन्ने खबर हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले प्रशान्तलाई नियन्त्रणमा लिई शरीर तलासी गर्ने क्रममा उनले लगाएको कोटको खल्तीमा लुकाई छिपाई राखेको अवस्थामा उक्त सामानहरुसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।
यसैगरी, बेलबारी नगरपालिका ३ बाट को.१ ख ४१८६ नम्बरको बसमा लुकाई छिपाई ल्याएको करिब ४ सय ४० लिटर घरेलु मदिरा बिहीबार बिहान प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा काकरभिट्टाबाट विराटनगरतर्फ आई रहेको सो बसमा उक्त मदिरा फेला पारी बरामद गरेको हो । बसका चालक झापा दमक नगरपालिका २ बस्ने ४३ वर्षीय कमल बहादुर दर्जीलाई बस सहित पक्राउ गरी आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगर पठाईएको उक्त कार्यालय जनाएको छ ।












प्रतिक्रिया