१७ कार्तिक २०८३, मंगलबार

भारत लगी बलात्कार गरेकाे आरोपमा पक्राउ

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


गाैशाला, २३ साउन । दलित किशोरीलाई महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–६ स्थित गाउँबाट भारतको राजधानी नयाँदिल्ली लगी १७ दिनसम्म यौनशोषण गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

आफैँले जन्म दिएकी आमाले परपुरुषसँग मिलेर आफ्नै १२ वर्षीय किशोरी छोरीलाई गाउँबाट दिल्ली लगी १७ दिनसम्म यौनशोषण गराएको आरोपमा बर्दिबास नगरपालिका–९ बस्ने ४० वर्षीय सीयाराम महतो र बालिकाकी आमालाई समेत पक्राउ गरिएको महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो । –रासस