बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

भारत-पाकिस्तान तनाब : पाकिस्तानद्वारा हवाई रुट बन्द

दैनिक नेपाल २०७६ साउन २३ गते १३:२६

काठमाडौँ, २३ साउन । भारतसँग व्यापारिक सम्बन्ध तोड्ने निर्णय लिएको भाोलिपल्टै पाकिस्तानले आफ्नो हवाई क्षेत्रको एउटा रुट बन्द गरिदिएको छ ।

भारतीय विमान कम्पनी एयर इन्डियाका एक अधिकारीका अनुसार पाकिस्तानले आफ्नो हवाई क्षेत्रको एउटा रुट बन्द गरिदिएको हो । जसका कारण अब भारतबाट छुट्ने अन्तर्राष्ट्रिय उडानमा अब १२ मिनेट अतिरिक्त समय लाग्नेछ ।

पाकिस्तानले हवाई रुट बन्द गरिदिँदा विदेशबाट भारत आउने विमानहरु पनि अर्कै रुटबाट भारत प्रवेश गर्ने बताइएको छ । यसबाट हवाई सेवामा खासै प्रभाव नपर्ने पनि भारतीय आधिकारीहरुले दाबी गरेका छन् ।

पाकिस्तानको हवाई क्षेत्र हुँदै एयर इन्डियाले दैनिक ५० भन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्छ । अमेरिका, युरोप तथा मध्य पूर्वतर्फ जाने विमानले पाकिस्तानी रुटको प्रयोग गर्दै आएका थिए ।

यसअघि बालाकोट हवाई आक्रमणपछि पाकिस्तानले गत फेब्रुअरी २६ मा आफ्नो सबै हवाई क्षेत्र बन्द गरिदिएको थियो । गत जुलाई १६ मा भने पाकिस्तानले पुनः आफ्नो हवाई रुट प्रयोग गर्न खुला गरिदिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित