
खोटाङ, २२ साउन । बुधबार बिहान प्रहरीले ५१ वर्षीय जयन प्रसाद राईलाई लोड भएको भरुवा बन्दुक १ थान सहित पक्राउ गरेको छ ।
हलेशी तुवाचुङ नगरपालिका ११ बस्ने राईलाई हतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बन्दुकसहित उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया