
काठमाडौं, २२ साउन । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको आयेजनामा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा ८औं समूहको मोटरसाइकल आउटराईडर्स उन्नत तालिम सुरु भएको छ ।
महाशाखामा बुधबार आयोजित कार्यक्रममा प्रहरी उपरीक्षक दिनेश केसीले उक्त तालिम उदघाटन गरेका थिए । योग्य र दक्ष चालक उत्पादन गर्ने लक्ष्य सहित तालिम संचालन गरिएकोले सजग र संवेदनशील भई तालिम हासिल गर्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिएका छन् ।
कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक अनुप श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । जम्मा १६ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक ९ जना, प्रहरी सहायक निरीक्षक ५ जना, प्रहरी हवल्दार ४ जना र प्रहरी जवान १६ जना गरी कूल ३४ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको महाशाखाले जनाएको छ ।












प्रतिक्रिया