
कैलाली, २२ साउन । दुई मोटरसाइकल आपसमा ठक्कर खाँदा स्थानीय २७ वर्षीय सुरज कुँवरको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका १३ राजपुरस्थित से.७ प १४६८ नम्बरको मोटरसाइकल चालक २७ वर्षीय सुरज कुँवरको मृत्यु भएको छ । से.७ प १४६८ र से.५ प १४१८ नम्बरको दुई मोटरसाइकल मंगलबार बेलुका आपसमा जुधेका थिए ।
घटनामा से.७ प १४६८ नम्बरको मोटरसाइकल चालक सुरज सोही ठाउँमा आईरहेको ना.७ ख ११५७ नम्बरको ट्रकमा ठोक्कीन गई गम्भीर घाइते भएका उनको सेती अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
तीन वटै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फरार रहेका से.५ प १४१८ नम्बरका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।












प्रतिक्रिया