१७ कार्तिक २०८३, मंगलबार

छुट्टाछुट्टै स्थानबाट हतियार तथा लागूऔषधसहित पक्राउ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


पर्सा, २२ साउन । प्रहरीले दुईनाले बाह्रबोर हतियार, सोको गोली राउण्ड ४ र खोका ३ वटा सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका १८ भवानीपुर बस्ने मोहन साह तेली र उनको २१ वर्षीय छोरा कुन्दन साह तेलीलाई हतियारसहित पक्राउ गरेको हो ।
स्थानीय २८ वर्षीय बृजेश कुमार पटेल, २४ वर्षीय बिकेश पटेल र १८ वर्षीय दिपेश पटेल समेत ३ जनाबीच घर बनाउने विषयमा वादविवाद भई झैझगडा हुँदा कुन्दनले १ राउण्ड गोली फायर गरेको भन्ने खबरबाट घटनास्थल पुगेको प्रहरीले हतियारसहित उनीहरुलाई पक्राउ गरेको हो ।

घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, प्रहरीले बल्खुबाट २५ वर्षीय राहुल कुमारलाई लागूऔषधसहित पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका १४ बल्खुबाट भारत वैशाली रजासन ४ बस्ने उनलाई डाईजेपाम १ सय ७० एम्पुल, बुप्रेनोर्फिन १ सय ७१ एम्पुल र फेनारगन १ सय ६७ एम्पुल सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।