४ कार्तिक २०८३, बुधबार

साम्राज्ञी अभिनित मारूनीकाे ट्रेलर रिलिज

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । नेपाली फिल्म मारुनीको ट्रेलर रिलिज भएको छ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्का स्टारर सिनेमा ट्रेलर सार्वजनिक गरिएको हो ।

सिनेमालाई नवल नेपालले निर्देशन गरेका हुन् । त्रिकोणात्मक प्रेमकथा रहेको सिनेमामा साम्राज्ञी र पुष्पका अलावा रेविका गुरूङको मूख्य भूमिका रहेको छ ।

यसअघि ‘मङ्गलम’मा मर्न पाउने अधिकारको वकालत गरेका निर्देशक नेपालले यसपटक पनि गहकिलो कन्टेन्ट उठाएको बताएका छन् ।

सिनेमा भदौ १३ मा रिलिज हुँदैछ । सिनेमामा आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाई, बिनोद भट्टराई र सुशील क्षेत्रीलगायतको अभिनय छ ।

पुनम इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमामा दीपक बज्राचार्य/अर्जुन पोखरेल/कृष्ण काफ्लेको संगीत, संजय लामाको छायाँकन, गोविन्द फुयाल/नवल नेपालको लेखन र मित्र डि गुरुङको सम्पादन छ ।