बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

पहेंलो धातु सहित चिनियाँ र छुट्टाछुट्टै स्थानमा लागूपदार्थसहित अभियुक्त्त पक्राउ 

दैनिक नेपाल २०७६ साउन २० गते १४:२३


काठमाडौं, २० साउन । चिनियाँ नागरिक लाई १/१ किलो तौलका ४ थान सुन जस्तो देखिने पहेंलो धातु सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उनको राहदानी नम्बर ईसि ५४३८६६६ बाहक LININGXI रहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रागन एयरको उडानबाट हङकङ हुँदै काठमाडौं आएका उनलाई भन्सार रेड च्यानल एक्सरे एरियामा जाँच गर्ने क्रममा लगेजमा लुकाई ल्याएको उक्त धातु सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै, धनुषामा करिब ३ किलो अवैध लागूऔषध गाँजा सहित आइतबार दिउँसो प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सबैला नगरपालिका १२ बस्ने ४२ वर्षीय राजाराम कापरलाई विशेष सूचनाको आधारमा प्रहरीले लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी, उदयपुरमा लागूऔषध तथा हातहतियार खरखजना मुद्धाका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । रौतामाई गाउँपालिका ६ बस्ने ५१ वर्षीय निर बहादुर सार्कीलाई त्रियुगा नगरपालिका ८ शाही खोलाबाट आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

२०५७ मंसिर २२ गते साविक आँपटार गाविस १ बाट लागूऔषध गाँजा ८ किलो, कटुवा पेस्तोल १ थान र राईफलको गोली ३ राउण्ड सहितको झोला प्रहरी टोलीलाई देख्नासाथ फालेर हालसम्म फरार सार्कीलाई विशेष सूचनाको आधारमा खटिएको प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै, काठमाडौँमा दुर्लभ वन्यजन्तु कस्तुरीको बिना जस्तो देखिने वस्तु सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । तारकेश्वर नगरपालिका १० मनमैजुबाट दुर्लभ एवं संरक्षित बन्यजन्तु कस्तुरीको बिना जस्तो देखिने सेतो वस्तु करिब ७७.४५ ग्रामका ४ थान सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा दोलखा बिगु नगरपालिका ४ घर भएका ३६ वर्षीय बाबु नेपाली र सोही ठाउँका ४५ वर्षीय रमेश लामा रहेका छन् । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले प्लास्टिकमा पोको पारी पाईन्टको गोजीमा लुकाईछिपाई राखेको अवस्थामा उक्त वस्तु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उक्त घटनामा अन्य व्यक्तिहरुको समेत संलग्नता हुन सक्ने भएकोले थप अनुसन्धान भइरहेको उक्त वृत्तले जनाएको छ ।

त्यसैगरी, काठमाडौं महानगरपालिका १५ डल्लुमा चोरी कार्यमा संलग्न व्यक्तिहरु विभिन्न धनमाल सहित पक्राउ गरेको छ । विभिन्न व्यक्तिहरुको कोठामा भएको चोरीको घटनाको अनुसन्धान गर्ने क्रममा चोरी कार्यमा संग्लन ६ जनालाई महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १८ नरदेवी बस्ने कालिकोट धौलागोह गाउँपालिका ३ घर भएका १८ वर्षीय निराजन रोकाय र उनका ५ जना साथी रहेका छन् ।

उनीहरु ६ जनाका विभिन्न स्थानमा रहेका कोठाबाट लागूऔषध चरेश करिब १ सय २८ ग्राम ,नाइट्रोभेट १ सय २० ग्राम, सुन जस्तो देखिने चुरा १ जोर, झुम्का २ जोर, जन्तर १ थान, मंगलसुत्र २ थान, तिलहरी १ थान, सानो(ठूलो गहनाका पाता ६ थान, मोवाइल १ थान र आईफोन सिक्स १ थान प्रहरीले बरामद गरेको छ ।

बसका यात्रीको नगद १ लाख २० हजार रुपैयाँ पाकेट मार्ने क्रममा सिरहा लहान नगरपालिका ९ बस्ने २५ वर्षीय मोहमद राज आइतबार साँझ पक्राउ परेका छन् ।

जनकपुर उपमहानगरपालिका १४ पिडारी चोकबाट बस चढी घर फर्कने क्रममा यात्रुको कुर्थाको पकेटबाट उक्त नगद पाकेट मार्दै गर्दा उनलाई स्थानीयले नियन्त्रणमा लिएर नगद सहित प्रहरीलाई बुझाएका थिए ।

खुँडाले हानी घाइते बनाएको अभियोगमा स्थानीय ५० वर्षीय तेजनिधी बर्तौलालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । त्रिपुरासुन्दरी गाउँपालिका १ ब्रतौलागाँउ बस्ने ७० वर्षीया जानुका बर्तौलालाई खुँडाले हानेर घाइते आरोपमा तेजननिधिलाई पक्राउ गरिएको हो ।

तेजनिधीले मादक पदार्थ सेवन गरी जानुकालाई घाइते बनाएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सल्यानटारबाट खटिएको प्रहरीले उनलाई खुँडा सहित पक्राउ गरेको हो । घाइते जानुकाको स्थानीय प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

टोखामा विभिन्न धनमाल चोरी भएको छ ।

टोखा नगरपालिका ६ ग्रिनल्याण्ड सुन्दर बस्तीस्थित यमुना थापाको घरबाट आइतबार दिउँसो सुनका गहना २ तोला, घडी थान २, भारतीय रुपैयाँ २० हजार र नेपाली रुपैयाँ ६० हजार तथा सोही घरको भुइँतलामा डेरा गरी बस्ने धनुषा घर भएका बिनायक ढकालको कोठाबाट नगद २० हजार रुपैयाँ समेत गरी करिब ३ लाख ७२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

प्रतिक्रिया
सम्बन्धित