बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

अमेरिकामा दुई वटा बन्दुक आक्रमण : २९ जनाको मृत्यु, ४२ जना घाइते

दैनिक नेपाल २०७६ साउन १९ गते १५:११

काठमाडौँ, १९ साउन । अमेरिकामा पछिल्ला केही घन्टाभित्र दुई वटा बन्दुक आक्रमण भएका छन् ।

आक्रमणमा २९ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् ।

दोस्रो बन्दुक आक्रमण ओहायो राज्यको डेटोनमा स्थानीय समयअनुसार आइतबार बिहान साढे १ बजेतिर भएको थियो ।

मध्य सहरमा एकजना बन्दुकधारीले अन्धाधुन्ध गोली हान्दा नौ जना मानिस मारिएका छन् भने १६ जना घाइते भएका छन् । गोली लागेर बन्दुकधारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।

केही घन्टाअघि टेक्ससको एल पासोमा भएको बन्दुक आक्रमणमा २० जनाको मृत्य भएको थियो ।

अल पासोस्थित एक सपिङ कम्प्लेक्समा एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा २० जनाको ज्यान गएको थियो ।

घटनामा २६ व्यक्ति घाइते भएको त्यहाँका गभर्नर ग्रेग एबटले जनाएका छन्।

घटनामा संलग्न भएको भन्दै त्यहाँको प्रहरीले एक २१ वर्षीय गोरा युवकलाई नियन्त्रणमा लिएको छ । ती बन्दुकधारीले एके-४७ राइफलबाट वालसस्ट्रिटको सपिङ कम्प्लेक्स प्रवेश गरेर अन्धाधुन्द गोली प्रहार गरेका थिए ।

आक्रमणकारी २१ वर्षीय प्याट्रिक क्रुसियस भएको टेक्सस प्रहरीले जनाएको छ । आक्रमणपछि ती बन्दुकधारीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।

आक्रमण त्यहाँको स्थानिय समय अनुसार ११ बज्न केही मिनेटअगाडि भएको बताइएको छ । आक्रमण हुँदा त्यहाँ मानिसहरूको बाक्लो उपस्थिति थियो । अमेरिकाको संघीय जाँच ब्यूरो (एफबिआई)ले घटनाको जाँच गरिरहेको छ । -एजेन्सी

प्रतिक्रिया
सम्बन्धित