४ कार्तिक २०८३, बुधबार

सुनको मूल्य ईतिहासकै उच्च बिन्दुमा, कति पुग्यो तोलाको ?

4.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ साउन ।  नेपाली बजारमा सुनको मूल्य ईतिहासकै उच्च बिन्दुमा पुगेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला मूल्य ६६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको प्रतितोला मूल्य नै ६६ हजार पुगेको छ ।  शुक्रबार छापावाल सुन प्रतितोला ६५ हजार ८ सय रुपैयाँमा काराेबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा सुनको भाउमा आएको बढोत्तरीको असर नेपाली बजारमा देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मूल्य आकाशिए पछि पुराना सुन बिक्री गर्ने ग्राहक बढेका छन् भने नयाँ सुन किन्न आउने ग्राहक नै नभएको व्यवसायीहरुको भनाई छ ।