४ कार्तिक २०८३, बुधबार

सोमबार काठमाडौँमा गुञ्जिदै कर्णाली

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । भाषा, कला र साहित्यको धनी कर्णाली प्रदेशका विभिन्न प्रस्तुतीहरु काठमाडौँमा गुञ्जिने भएका छन् ।

कर्णाली कला संस्कृति समाज, काठमाडौँको मूल आयोजना तथा कर्णालीका आधा दर्जन बढी साहित्यिक/ सांस्कृतिक संस्थाहरुको आयोजना र सांस्कृतिक सस्थान (राष्ट्रिय नाच घर) को सहकार्यमा सोमबार (भोलि) दिउँसो १२ बजे नाचघरमा कर्णाली सांस्कृतिक उत्सव २०७६ हुन लागेको हो ।

कार्यक्रममा कर्णाली चिनाउने हुड्के नाच, न्याउले खेल, धामी नाच, देउडा खेल, आउसी खेल, मागल, भैलो, पञ्चे बाजा, ढाल–तरबार नाच, भोटे नाच लगायत चर्चित कलाकारहरुका देउडा साङ्गितिक प्रस्तुती, देउडा कविता–गजल प्रस्तुत हुने कर्णाली कला संस्कृति समाज काठमाडौँका अध्यक्ष संकल्प निर्माेहीले जनाए ।

‘हाम्रो संस्कृति, हाम्रो पहिचान ! सम्मुनत कर्णाली, साझा अभियान’ भन्ने मूल नाराका साथ हुन लागेको कार्यक्रममा कर्णाली कलाकार समाज काठमाडौं, रारा साहित्य प्रतिष्ठान मुगु, बाला त्रिपुरासुन्दरी कला संस्कृति समाज डोल्पा, नरहरिनाथ कला सांस्कृतिक समूह कालिकोट, जुम्ली सेवा तथा संस्कृति जगेर्ना समाज काठमाडौँ, लोक सांस्कृतिक तथा पञ्चेबाजा संरक्षण मञ्च नेपालको पनि सहभागिता रहेको छ । यी सबै संस्थाहरुले विगतका दिनमा पनि दर्जनौँ सांस्कृतिक क्रियाकलाप गर्दै आएका छन् ।

कार्यक्रममा कर्णालीका अगुवा साहित्यकार मोतिराज बमको कर्णाली सांस्कृतिक महासंघको आवश्यकता तथा भूमिका विषयक कार्यपत्र पनि प्रस्तुत हुनेछ ।

पूर्वप्रधानमन्त्री तथा संस्कृतिकर्मी झलनाथ खनाल, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेश भट्टराई, शताब्दी पुरुष सत्य मोहन जोशी, पूर्वमन्त्री जनार्दन शर्मा, रमेश लेखक, देउडा सम्राट नन्दकृष्ण जोशी, प्रेम कैदी, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, सांस्कृतिक सस्थानका कुलपति तथा महाप्रबन्धकको समेत आतिथ्यता रहने आयोजकले जनाएको छ ।

कार्यक्रममा प्रवेश निःशुल्क गरिएको छ ।