मंगलबार, ३ भदौ २०७६
DainikNepal.com
मंगलबार, ३ भदौ २०७६

पत्रकारमाझ उभिँदै पूर्वयुवराज्ञी हिमानी

दैनिक नेपाल २०७६ साउन १९ गते ११:५३

काठमाडौं, १९ साउन । पूर्वयुवराज्ञी हिमानी शाह पहिलो पल्ट पत्रकारमाझ उपस्थित हुने भएकी छन् ।

आइतबार दिउँसो बालुवाटारस्थित हिमानी ट्रष्टको कार्यालयमा हिमानीको उपस्थिति हुनेछ । उनले राजनीतिक वा देशको विषयमा नभई ट्रष्टको कामको बारेमा जानकारी दिने बताइएको छ ।

हिमानी ट्रष्टकी अध्यक्ष उनले सामाजिक कामको तयारी, गरेका कामको विषयमा जानकारी गराउनेछिन् ।

‘विभिन्न ठाउँमा गरेका कार्यप्रगति र आगामी योजनाबारे जानकारी गराइनेछ’, ट्रष्ट स्रोतले भन्यो,‘पारदर्शीताका लागि नै यो पत्रकार सम्मेलन गर्न लागिएको हो ।’

प्रतिक्रिया
सम्बन्धित