१७ कार्तिक २०८३, मंगलबार

धरानका सन्देश शाक्य दश दिनदेखि बेपत्ता

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा, १८ साउन । धरान उपमहानगरपालिका–१० लोकपथका सन्देश शाक्य बेपत्ता भएका छन् ।

उनी गएको साउन ८ गतेदेखि सम्पर्कबिहिन भएको परिवारका सदस्यले जनाएका छन् । २८ बर्षीय शाक्य १० दिन बितिसक्दासम्म पनि सम्पर्कमा छैनन् ।

बेपत्ता शाक्यको खोजिका लागि परिवारका सदस्यले ईलाका प्रहरी कार्यालय धरानमा निवेदन दिएका छन् । उनको खोजी भईरहेको भएपनि अझै फेला नपरेको ईप्रका धरानका डिएसपी ढुंडिराज न्यौपानेले बताए ।

परिवार र आफन्तहरुले पनि उनको खोजी जारी राखेका छन् । तर, अझैपनि कुनै अत्तोपत्तो नलागेको बेपत्ता सन्देशकी बहिनी रुबिनाले बताईन् ।

सन्देश परिवारका एक्लो छोरा हुन् । बावुको निधनपछि आमा र दुई बहिनी छन् । बेपत्ता सन्देशको अझैसम्म पनि केहि पत्तो नलागेपछि आफुहरु अन्यौलमा परेको बहिनी रुबिनाले दुखेसो सुनाईन् ।