४ कार्तिक २०८३, बुधबार

सुन इतिहासकै उच्च मूल्यमा, कति पुग्यो तोलाको ?

7.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ साउन । सुन इतिहासकै उच्च मूल्यमा पुगेको छ । शुक्रबार सुन प्रतितोला ६५ हजार ८ सय पुगेको हो ।

सुनले यसअघि बनाएको नयाँ रेकर्ड तोड्दै अघि बढेको छ । यसअघि सुन प्रतितोला ६५ हजार ५ सयमा पुगेर महँगोमा नयाँ रेकर्ड बनाएको थियो।

त्यो रेकर्डलाई तोड्दै शुक्रबार प्रतितोला सुन ६५ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो विहीबार सुन प्रतितोला ६५ हजारमा कारोबार भएको थियो । यसरी हेर्दा सुन एकैदिन ८  सयले बढेको छ ।