४ कार्तिक २०८३, बुधबार

काठमाडाैंमा टाटा मोटर्सको कार्निभल शुरू, आकर्षक उपहार पाइने

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १७ साउन । टाटा मोटर्सको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङले टाटा मोटर्स कार्निभल सुरु गरेको छ ।

बिहीबारदेखि थापाथलीमा सुरु भएको मेलामा ग्राहकले गाडी खरिद र सट्टापट्टा गरेवापत लक्की ड्र अनुसार बिभिन्न आकर्षक उपहार पाउन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार हरेक ग्राहकले गाडी खरिद गर्दा युरोप भ्रमण, एप्पल सेट र तीन लाख रुपैयाँ छुटमध्ये एउटा उपहार रोज्न सक्नेछन् ।

ग्राहकले गाडी एक्सच्न्जमा एक लाख सम्मको छुट, एक वर्षको फ्री रोड ट्याक्स र कार एसोसोरिज पाउन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले लक्की ड्र अन्तर्गत बिजेतालाई बैंकक भ्रमण, सामसुङको ३२ इन्च टेलिभिजन, हुवावेको स्मार्ट फोन, दक्षिणकाली भिलेज रिसोर्टमा नाइट स्टे लगायत आकर्षक उपहार योजना राखेको जनाएको छ ।

हरेक टेष्ट ड्राइभमा दुईवटा फ्रि मुभी टिकट र हरेक गाडी खरिदमा १० हजार रुपैयाँको सरप्राइज गिफ्ट समेत दिनेछ ।

मेलामा ग्राहकले टाटाको गाडी खरिद तथा सटही गर्न सक्नुका साथै खेल, नृत्य, जादु, खाना लगायतको अनुभव लिन सक्ने कम्पनीले जनाएको छ।

टाटाको गाडी प्रयोग गर्दै आएका ग्राहकसँगै नयाँ ग्राहकलाई प्रेरित गर्ने उद्धेश्यले शहर केन्द्रित टाटा कार्निभल आयोजना गरिएको कम्पनीले जनाएको छ । मेला आइतबारसम्म चल्नेछ ।

१५ सयभन्दा बढी दर्शकहरुको सहभागिता रहने अपेक्षा गरिएको कार्यक्रममा ६० वटा गाडी बिक्री हुने कम्पनीले अनुमान गरेको छ ।