
काठमाडौँ, १५ साउन । विपक्षी दल नेपाली काँग्रेस र राजपाले आज नि संसद् बैठक अबरुद्ध गरेका छन् ।
सर्लाही घटनाबारे छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै काँग्रेस र राजपा साँसदहरुले रोष्टम घेराउ गरेका हुन् । उनीहरुले पनि नारावाजी गरिरहेका छन् ।
आजको बैठक सुरु हुनासाथ दुवै दलका सांसदहरु उठेका थिए । सभामुख कृष्णबहादुर महराले विरोधबारे सरकार र आफूलाई जानकारी भइसकेको भन्दै बस्न अनुरोध गरेका थिए ।
लगतै शून्य समय प्रारम्भ भएको जानकारी गराउना साथ दुवै दलका सांसदले रोष्टम घेराउ गरेका हुन् । बीचबीचमा सभामुख महराले संसद चलेमात्रै छलफलको वातावरण बन्ने भन्दै सांसदहरुलाई बस्न आग्रह गरिरहेका छन् । तर, विरोध जारी नै छ ।
यसअघिका बैठक पनि अवरोधकै कारण स्थगित हुँदै आएका छन् ।















प्रतिक्रिया