लण्डन, १५ साउन । सिजनका खेलमा रियल मड्रिडको खराब प्रदर्शनको क्रम रोकिएको छैन ।
आउडी कपको सेमिफाइनल अन्तर्गत मंगलबार राति म्युनिखमा भएको खेलमा रियल मड्रिड इंग्लिस क्लब टोटनह्यामसँग पराजित भएको छ ।
आउडी कपको सेमिफाइनलमा टोटनह्यामले रियल मड्रिडलाई १–० ले पराजित गरेको हो । टोटनह्यामको जितमा ह्यारी केनले गोल गरेका हुन् ।
आउडी कपको उपाधिका लागि टोटनह्यामले बुधबार बार्यन म्युनिखसँग प्रतिस्पर्धा गर्नेछ ।















प्रतिक्रिया