
पोखरा, १३ साउन । मुस्ताङमा आज एक भारतीय तीर्थयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको हैदरावादका ६३ वर्षीय प्रसन्न कुमार रहेको गण्डकी प्रदेश प्रहरी प्रदेश कार्यालय पोखराले जनाएको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित मुक्तिनाथ मन्दिरमा दर्शन गरी फर्कने क्रममा कुमारलाई जोमसोममा मुटुको समस्या देखिएको थियो । जोमसोम अस्पतालमा उपचार गराई फर्कने क्रममा अचानक ढलेर बेहोश भएका उनको अस्पताल पु¥याए लगत्तै मृत्यु भएको थियो । –रासस












प्रतिक्रिया