४ कार्तिक २०८३, बुधबार

सिटिजन्स बैंकद्वारा इन्टरनेट बैंकिङ सेवाको स्तरोन्नति

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १३ साउन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो इन्टरनेट बैंकिङ सेवाको स्तरोन्नति गरेको छ ।

बैंकले हाल कायम इन्टरनेट बैंकिङ सेवालाई विस्थापित गरी नयाँ एक्सप्रेस बैंकिङ नामक इन्टरनेट बैंकिङ सेवा शुभारम्भ गरेको हो ।

यस नयाँ इन्टरनेट बैंकिङमार्फत स्टेटमेण्ट हेर्न, बैंकभित्र तथा अन्य बैंकमा रहेको खातामा रकम ट्रान्सफर गर्न, विजुली, टेलिफोन, इन्टरनेट, मोवाइल आदिको विल भुक्तानी गर्न, विभिन्न वालेट लोड गर्न, क्रेडिट कार्डको विल भुक्तानी गर्न साथै स्कुल तथा कलेजको शुल्क तिर्न सकिन्छ ।

यो सेवा अत्यन्त सहज रहेको हुँदा, ग्राहकले घरमै बसीबसी विभिन्न सुविधाहरु उपभोग गर्न सक्ने बैंकले जनाएको छ । अत्याधुनिक ईन्टरनेट बैंकिङको प्रयोगबाट बैंकद्वारा प्रवाह गरिने सुविधाहरू थप सुरक्षित, छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा हुने विश्वास बैंकले लिएको छ ।

आगामी दिनहरुमा पनि नयाँ प्रविधिलाई आत्मसाथ गर्दै नेपाली जनताको घर दैलोमा बैंकिङ्ग सेवालाई सरल र छरितो रूपमा पुर्याउने विश्वास बैंकले व्यक्त गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७५/७६ मा ७० अर्ब ३५ करोड निक्षेप संकलन गरेर ६२ अर्ब ९० करोड रुपैयाँ ऋण प्रवाह गरि बैंकले दुई अर्ब ८१ करोड ६४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा एटीएम र १०० वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव चार लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।

ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।