
काठमाण्डौ, १३ साउन । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले आइतबार गते ८ बजे काठमाण्डाैँकाे बाफल नजिक चेकजाँच गर्दा काठमाण्डौँ चन्द्रागिरी नगरपालिका ६ का २४ वर्षीय सुजन खड्का र रामेछाप गोश्वारा घर भई काठमाण्डौ नागर्जुन नगरपालिका ४ बाफल बस्ने वर्ष २४ को साजन थापा मगरलाई पक्राउ गरेको छ ।
निजहरूको साथबाट लागुऔषध नुफिन, डाईजोपाम र फेनरागन गरी जम्मा १३५ एम्पुल लागुऔषध बरामद गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।
यसैगरी महानगरीय प्रहरी वृत्त स्वायम्भूबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले साउन १२ गते ८ बजे काठमाण्डौँ महानगरपालिका १५ सोल्टी दोबाटोमा चेकजाँच गर्ने क्रममा सर्लाही हरिवन १० घर भई काठमाण्डौ कलंकी बस्ने वर्ष ३० को पूर्ण बहादुर घिमिरेको साथबाट नाईट्राभेट ४५ ट्याब्लेट बरामद गरेको छ ।
निजलाई नाईट्राभेट ४५ ट्याब्लेट सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।
यसैगरी, महानगरीय प्रहरी प्रभाग काँडाघारीको प्रहरी टोलीले अवैध घरेलु मदिरा नियन्त्रणमा लिएको छ । आइतबार ३ बजे काठमाण्डौँ कागेश्वरी मनहरा नगरपालिका ८ गोठाटार एरियामा चेकजाँच गर्दा अवैध घरेलु मदिरा ३०० लिटर र कच्चा पदार्थ ४००० किलो र घरेलु मदिरा बनाउने भाडा ५ वटा समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको छ ।












प्रतिक्रिया