१७ कार्तिक २०८३, मंगलबार

रोट्रयाक्ट क्लब अफ लुम्बिनीको अध्यक्षमा जय सिंह थापा

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-प्रतिक पौडेल

भैरहवा, १३  साउन । रोट्रयाक्ट क्लब अफ लुम्बिनी सिद्धार्थनगरको वर्ष २०१९/२० को अध्यक्षमा जय सिंह थापा चयन भएका छन् ।

क्लबको सातौँ पद हस्तान्तरण समारोहमा उनलाई वर्ष २०१८/१९ का अध्यक्ष ईश्वर भट्टराईले पद हस्तान्तरण गरेका हुन् । थापाको नेतृत्वमा वर्ष २०१९/२० को लागि निवर्तमान अध्यक्षमा ईश्वर भट्टराई, प्रेसिडेन्ट इलेक्टमा सुरज भट्टराई, प्रेसिडेन्ट नोमिनीमा विरु गुप्ता, सचिवमा समिर बस्नेत, कोषाध्यक्षमा सुभम राजभण्डारी रहेका छन् ।

यसैगरी, सर्जेन्ट एट आमर्समा सन्दिप कसौधन, क्लब सर्भिस डाइरेक्टरमा कपिल चापागाई, कम्युनिटी सर्भिस डाइरेक्टरमा करिश्मा चौधरी, प्रोफेसनल सर्भिस डाइरेक्टरमा सन्देश बराल, इन्टरनेशनल सर्भिस डाइरेक्टरमा महेश बरई, क्लब प्रोमोसन अफिसरमा सौरभ रेग्मी, साप कोर्डिनेटरमा रवि गुप्ता, क्लब एडिटरमा निश्चल श्रेष्ठ, रोटरी सिक्स एरियामा करिमुल्लाह खान र प्रेसिडेन्ट एडभाइजर र क्लब एडभाइजरमा दिनेश अग्रवाल रहेका छन् ।

पद हस्तान्तरण गर्दै वर्ष २०१८/१९ का अध्यक्ष भट्टराईले आफ्नो कार्यकालमा भएका सामाजिक कार्यहरुको बारेमा जानकारी गराएका थिए । त्यस्तै वर्ष २०१९/२० का अध्यक्ष जय सिंह थापाले आफ्नो कार्यकालमा क्लबलाई थप उचाईमा लैजाने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भुटानका पाष्ट डिष्ट्रिक गर्भनर सञ्जय गिरीले रोट्रयाक्ट क्लब अफ लुम्बिनी सिद्धार्थनगरले समाजलाई उपलब्धी हुने खालका सामाजिक कार्यहरु गरेको बताए ।

विशिष्ट अतिथि रोटरी डिष्ट्रिक ३२९२ कमिटी को–चेयर तथा रोटरी क्लब अफ लुुम्बिनी सिद्धार्थनगरका पूर्व अध्यक्ष खिम बहादुर कार्कीले क्लबले अबसामाजिक उत्तरदायित्वका कार्यहरुलाई बढाउँदै लैजानुपर्ने बताए ।

त्यस्तै, रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका निवर्तमान अध्यक्ष जितेन्द्र शर्मा, रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिष्ट्रिक टे«जरर पेशल भट्टराई, रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिष्ट्रिक कमिटी मेम्बर दिनेश अग्रवाल, रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटान जोन १२ का जेडआरआर मिलन भण्डारी लगायतले बोलेका थिए ।

प्रोफेसनल सर्भिस डाइरेक्टरमा सन्देश बरालको स्वागत, क्लबका वर्ष २०१९/२० का  प्रेसिडेन्ट इलेक्ट सुरज भट्टराईको धन्यवाद ज्ञापन, सचिव समिर बस्नेत र २०१८÷१९ का सचिव नम्रता सिंह क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा क्लबको वर्ष २०१९/२० को नयाँ टिसर्ट लञ्च समेत गरिएको थियो ।