१७ कार्तिक २०८३, मंगलबार

भैरहवामा स्ट्रोककाे उपचार विधि थ्रोम्बोलाइसिस शुरु

4.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-प्रतिक पौडेल
भैरहवा, १२ साउन । रुपन्देहीको भैरहवामा स्ट्रोक थ्रोम्बोलाइसिस उपचार विधि शुरु भएको छ । भैरहवा स्ट्रोक थ्रोम्बोलाइसिस शुरु भएको नेपालकै तेस्रो जिल्ला हो ।

यस भन्दा अघि काठमाडौ र पोखरामा रहेको छ । ब्लक भएको नसा खोल्न प्रयोग हुने थ्रोम्बलाइसिस प्रविधि हो । स्ट्रोक भएको बिरामी ४ घण्टाभित्र अस्पताल पुगेमा थ्रोम्बोलाइसिस प्रविधि बाट औषधि उपचारबाट निको पार्न सकिन्छ ।

नेपाल स्ट्रोक एशोसियशनका अध्यक्ष डा. लेखजङ्ग थापाको गृहजिल्ला समेत रहेको रुपन्देहीमा उनले भैरहवा स्थित आफ्नै घरमा न्युरो एण्ड एलाइड क्लिनिक स्थापना गरेका छन् ।

थापाका अनुसार क्लिनिकको मुख्य कामनै स्ट्रोकको उपचार विधि बारे जनचेतना फैलाउनु रहेको छ । थापा भन्छन् बिरामी मेरैमा र मैसँग आउनु पर्छ भन्ने छैन जुन अस्पताल गए पनि बिरामीले स्ट्रोक आएमा ४ घण्टा भित्रनै उपचार पाउनु पर्छ भन्ने हो ।

भैरहवामा क्लिनिक स्थापना गर्नुको कारण स्ट्रोक सम्बन्धी सचेतना र उपचार विधि देशको हरेक अस्पताल सम्म पुर्याउनु रहेको छ ।

त्यसैले नै भैरहवामा स्थापना गरिएको क्लिनिक स्ट्रोकको उपचारको लागि जनचेतना केन्द्रको रुपमा रहेको जानकारी थापाले दिए । विश्वभर स्ट्रोक भएका ८६ प्रतिशत मानिसले सही उपचार नपाउँदा स्ट्रोकको कारण मृत्यु हुने गरेको छ । तथ्यांकहरुलाई हेर्दा २५ प्रतिशत हस्पिटल भर्ना स्ट्रोकको कारण हुने गरेको देखिन्छ र ५९ वर्षभन्दा माथि उमेरका मानिसमा अधिक मात्रा यो रोग लागेको भेटिएको छ ।

नेपालको अहिले धेरै जस्तो तराई भेगमा स्ट्रोकको समस्या बढि रहेको छ । अन्य रोगभन्दा यो रोगको असर बढी रहेको छ । स्ट्रोकका प्रमुख लक्षणहरुमा सन्तुलन बिग्रिने वा चक्कर आउने, अनुहार बाङ्गो हुने, आखा धमिलो हुनु वा नदेख्नु, बोल्न ग्राहो हुने र हात अथवा खुट्टा कमजोर हुने रहेका छन् । थापाका अनुशार यस्ता लक्षण देखा परेमा तुरुन्तै अस्पताल पुगेर न्युरोलोजिस्ट सँग सम्पर्क गर्नु पर्छ ।