१७ कार्तिक २०८३, मंगलबार

जेष्ठ नागरिकलाई कम्युनिष्ट सरकारले छोराछोरीले सरह सेवा गरेको छ : भट्टराई

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


भक्तपुर, १२ साउन । गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल भट्टराईले वर्तमान सरकारले नेपालका सम्पूर्ण जेष्ठ नागरिकलाई छोराछोरीले सरह सेवा गरिरहेको बताएका छन् ।

अन्तर्राष्टिय आमाबुवा दिवसको अवसरमा मध्यपुर युथ क्लबले द्योमाँ जेष्ठ नागरिक आश्रमका जेष्ठ नागरिकलाई भोजन गराउने कार्यक्रममा यस्तो कुरा बताए ।

सामाजिक सुरक्षाको क्षेत्रमा वर्तमान सरकारले उल्लेख्य काम गरिरहेको उनको कथन थियो । सोही कार्यक्रमा बोल्दै मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले जेष्ठ नागरिक आश्रमका लागि चाहिने थप भौतिक पूर्वाधारको व्यवस्था गर्न नगरपालिका कटिबद्ध भएर लागिरहेको जानकारी दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका सभापति पुष्कर बुढाथोकी, क्लबका अध्यक्ष राजेन्द्र प्रजापति, अधिवक्ता शिवसुन्दर श्रेष्ठलगायतले विश्व आमावुवा दिवसको शुभकामना दिए ।