४ कार्तिक २०८३, बुधबार

नेकपाकाे केन्द्रीय सचिवालयकाे बैठक बस्दै, स्कुल विभागकाे विवाद मिलाइने

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक आइतबार बस्दैछ ।

स्कूल विभागको नेतृत्वबारे विवाद हुँदा लगातार स्थगित हुँदै आएको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको हाे ।

बालुवाटारमा बस्ने भनिएको बैठकमा स्कूल विभागको नेतृत्व सम्बन्धी विवाद समाधान गर्ने प्रयास हुने बताइएको छ ।

विवाद नमिल्दा गएको मंगलबारका लागि बोलाइएको बैठक पनि स्थगित भएको थियो । त्यसअघि बिहीबारका लागि बैठक डाकिएको थियो र स्थगित गरिएको थियो ।