१७ कार्तिक २०८३, मंगलबार

गाउँपालिकामा पहिलो पटक जेसिस गठन हुने प्रकृयामा

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-प्रतिक पौडेल

भैरहवा, ११ साउन । ओमसतिया गाउँपालिका प्रमुख हिरा केवट (राहुल) ले जेसिस गाउँपालिका केन्द्रित भएर गठन हुने प्रकृयामा रहेकोमा राम्रो कुरा भएको बताउनु भएको छ ।

राहुलका अनुसार गाउँपालिकामा हुने विकासमा सामाजिक संस्थाको भुमिका महत्वपुर्ण हुने बताउदै उहाले गाउँपालिकामा समाजिक सेवाको क्षेत्रमा क्रियाशील संस्था जेसिस गठन हुनु राम्रो कुरा भएको बताउनु भएको हो ।

ओमसतिया गाउँपालिकामा कार्यक्षेत्र बनाएर पहिलो पटक जेसिस गठन हुने प्रकृयामा रहेको छ । प्रस्तावित तिनाउ जेसिसले शनिबार ओमसतिया गाउँपालिकामा स्थित वडा नं ६ मा रहेको श्री शमशेर स्मृत नमूना आधारभूत विद्यालय र निर्माणधीन ओमसतिया रंगशालमा वृक्षारोपण कार्यक्रम गरि आफ्नो पहिलो समाजिक क्रियाकलापको सुरुवात गरेको छ ।

गाउँपालिका प्रमुख हिरा केवट राहुलको प्रमुख आतिथ्यता र वडा नं ६ का अध्यक्ष शिव धवलको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो ।

गाउँपालिकामा करिव ६० वटा बिरुवा रोपिएको हो । नरिवल, धुपि, अशोक, गुलमोहर, पारिजात, अमला लगायतका फलफुल र फुलहरुको बिरुवा रोपिएको हो ।

कार्यक्रम प्रस्तावित तिनाउ जेशिजका संस्थापक अध्यक्ष बिदुर पौडेलको अध्यक्षतामा भएको हो । कार्यक्रमको महासचिव अमर पाठकको संचालन र सचिव प्रतिक पौडेलको संयोजनमा भएको हो ।