
बुटवल, ११ साउन । लायन्स क्लव अफ बुटवल क्षितिजको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । क्लवले वार्षिक कार्यक्रम अन्तर्गत तल्लो सिद्धबाबामा वृक्षारोपण गरेको हो ।
वृक्षारोपण कार्यक्रमको लायन्स ३२५ वि २ का पूर्व गर्भनर महेन्द्र नारायण श्रष्ेठले उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले क्लवलाई सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गर्दै लायन्स क्षितिजले स्थापनाकालदेखि रचनात्मक कार्य गर्दै आएकोमा खुसी व्यक्त गरे ।
कार्यक्रममा सिद्धबाबा धाम विकास समितिका उपाध्यक्ष कृष्ण तिमिल्सीना, क्लवका रिजन चियर विष्णु प्रसाद बस्याल, जोन चियर प्रसन मिलन कुमार पुन लगाएतले बोलेका थिए ।

वृक्षारोपण कार्यक्रममा बास, बकाईनो, केसिया सेमिया, खयर र शिरिषका गरी १ सय भन्दा बढि विरुवा वृक्षारोपण गरिएको क्लवका अध्यक्ष फवन लाकौलले जानकारी दिए । क्लबले विगत ३ वर्षदेखि निरन्तर सोही स्थानमा पहिरो प्रभावित क्षेत्रलाई मध्यनजर गर्दै वृक्षारोपण गर्दै आइरहेको छ ।

त्यसैगरी क्लवले आजै बिहान लक्ष्मिनगर पार्कमा १ सय १० जनाको निशुल्क सुगर समेत परीक्षण समेत सम्पन्न गरेको थियो । कार्यक्रम क्वलका द्धितिय उपाध्यक्ष आविस्कार खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।












प्रतिक्रिया