४ कार्तिक २०८३, बुधबार

‘एभेन्जर्स : इन्डगेम’ को नयाँ कीर्तिमान

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लसएञ्जलस । हलिउड फिल्म ‘एभेन्जर्स : इन्डगेम’ ले सर्वाधिक कमाई गर्ने फिल्मको विश्वकीर्तिमान राखेको छ । हलिउड रिपोर्ट्सका अनुसार उक्त फिल्ममले जेम्स क्यामरुन निर्देशित ‘अवतार’को कमाई पछाडि पार्दै कीर्तिमान कायम गरेको हो ।

रिलिज भएयता विश्वभर ८५औं दिनमा प्रदर्शन भइरहेको एभेन्जर्सले गएको शुक्रबारसम्ममा २ अर्ब ७८ करोड २९ लाख ८४ हजार १ सय ९३ अमेरिकी डलर (३ खर्ब ६ अर्ब १२ करोड ८२ लाख ६१ हजार २ सय ३० रुपियाँ) बराबरको व्यापार गरेको छ ।

एभेन्जर्सले यसअघि अवतारले बनाएको सर्वा्धिक व्यापारको रेकर्ड तोडेको हो । एभेन्जर्सको ग्राफ दिनहुँ बढिरहेको छ ।

हलिउड रिपोर्टमा उल्लेख गरेअनुसार यस साताको व्यापार तथ्यांकले दुई फिल्मबीचको व्यापार अन्तर अझै प्रष्ट हुनेछ ।

‘एभेन्जर्स : इन्डगेम’को यो व्यापार तथ्यांकपछि फिल्म अवतार दोस्रो स्थानमा धकेलिएको छ भने तेस्रो स्थानमा जेम्स क्यामरुनकै टाइटानिकको रेकर्ड कायमै छ ।

फिल्म एभेन्जर्सको निर्माण कम्पनी मार्भल स्टुडियोका प्रमुख केभिन फेगले शनिबार व्यापारबारे बताएसँगै फिल्मको नयाँ रेकर्ड बाहिर आएको छ ।