काठमाडाैं, १० साउन । प्रगतिको आधार कामना सेवासँग कारोबार भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले आई.एम.ई को आई.एम.ई. पेए डिजिटल वालेट सुविधा समेत प्रदान गर्ने गरी उक्त कम्पनी संग सम्झौता गरी सेवा संचालनमा ल्याएको छ ।
बैंकको मोवाईल बैकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङ मार्फत आई.एम.ई. पेए डिजिटल वालेटमा फण्ड लोड गर्ने सुविधा प्रदान गरिएको छ ।
आई.एम.ई. पेए वालेट मार्फत ग्राहकले चन्द्र गिरी केवलकारको टिकटको भुक्तानी, बिद्युत महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी लगायत अन्य विभिन्न भुक्तानीहरुमा सहयोगी हुने बैंकले जनाएको छ ।















प्रतिक्रिया