
काठमाडौँ, ९ साउन । डाट्सन तथा निशान गाडीको लागि नेपालको आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले राष्ट्रव्यापी रुपमा निःशुल्क मनसुन सर्भिस क्याम्प सञ्चालन गरेको छ ।
आजदेखि सुरु भएको क्याम १६ गतेसम्म देशव्यापी रुपमा सञ्चालन हुनेछ । यो सर्भिस क्याम्प नेपाल अधिराज्यभर रहेका कम्पनीका आधिकारिक सर्भिस सेन्टरहरु मार्फत् सहजै उपब्ध हुनेछ ।
निःशुल्क सर्भिस क्याम्पमा ग्राहकहरुले अन्य विभिन्न अतिरिक्त सुविधाहरु जस्तै निःशुल्क गाडी चेक अप, निःशुल्क टप वास, स्पेयर पार्टको खरिदमा २० प्रतिशत सम्म छुट, अन्य एक्सोसरिजहरुको खरिदमा ३० प्रति छुट लगायत बाढीले क्षती भएका निशान तथा डाट्सन गाडीलाई विशेष सुविधा प्रदान गरिने छ ।
सर्भिस क्याम्प पायोनियर मोटो कर्पले आफ्ना ग्राहकहरु समक्ष उत्कृष्ट एवं ग्राहकमुखी उच्चतम् अनुभव प्रदान गर्न गरिएका एक पहल हो । यस मनसुन क्याम्प अवधिभर ग्राहकहरुले आफ्नो गाडीको अवस्था एवं कार्य क्षमताको प्राविधिक जाँच गर्न सक्ने कम्पनीले जनाएको छ ।















प्रतिक्रिया