
काठमाडौँ । गायक प्रकाश न्यौपाने र सुमित्रा भण्डारीको तीज गीत यो तिजैमा सार्वजनिक भएको छ ।
चिनारी म्युजिक प्रालिले बजारमा ल्याएको गीत मौलिक र नाँचु नाँचु लाग्ने खालको छ । योनेन ढोलीको शब्द र प्रकाश न्यौपानेको लय रहेको गीतलाई जुजु गुरुङले एरेञ्ज गरेका हुन् ।
गीतको भिडियोमा आरुषी मगर र गोविन्द लामिछानेको अभिनय रहेको छ । निशान एसकेको निर्देशन, दीपक गिरीको छायांकन रहेको भिडियोलाई प्रकाश एसकेले सम्पादन गरेका छन् ।
हेर्नुहोस् भिडियो :















प्रतिक्रिया