४ कार्तिक २०८३, बुधबार

एनआईसी एशिया बैंक उत्कृष्ट वित्तीय प्रतिवेदन अवाडद्धारा सम्मानित

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ साउन । एनआईसी एशिया बैंक लिमिटेड द इन्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) ले प्रदान गर्ने उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड २०१८ बाट सम्मानित भएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले मंगलबार आइक्यानद्वारा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई उक्त अवार्ड प्रदान गरेका थिए ।

अन्य वाणिज्य बैंकहरुका वार्षिक वित्तीय प्रतिवेदनहरुलाई उछिन्दै एनआईसी एशिया बैंकले अवार्ड जित्न सफल भएको बैँकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले बताए ।

आइक्यानले सन् २००३ देखि हरेक वर्ष विभिन्न विधामा सर्वोत्कृष्ट वार्षिक प्रतिवेदन तयार गर्ने संस्थाहरुलाई सम्मानित गर्दै आइरहेको छ । यस अवार्ड प्राप्त गर्ने वित्तीय संस्थालाई आफ्नो वार्षिक वित्तीय प्रतिवेदन सरोकारवाला व्यक्ति तथा निकायहरुलाई समयमै उपलब्ध गराउने र सर्वोत्कृष्ट वित्तीय पारदर्शिताको अभ्यास गर्ने संस्थाको रुपमा लिइन्छ ।

बैंकले नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्स् (एनएफआरएस) को मापदण्डबमोजिम आफ्ना सरोकारवाला व्यक्ति तथा निकायहरुको आवश्यकता अनुसार पर्याप्त वित्तीय जानकारी उपलब्ध गराएको छ । यस अवार्डले बैंकलाई थप उल्लेखनीय काम गर्ने हौसला मिलेको र बैंकले आगामी दिनमा वित्तीय क्षेत्रमा आफ्नो उत्कृष्ट प्रदर्शन तथा वित्तीय पारदर्शिताको अभ्यास कायम राख्ने प्रतिबद्धता जनाएको छ ।

बैंकका मुलुकभर २९२ शाखा कार्यालयहरु, ३१० एटिएम, ५१ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

१७ लाखभन्दा बढी ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।