
काठमाडौँ, ८ साउन । चालु आर्थिक वर्ष ०७६/७७ को मौद्रिक नीति आज सार्वजनिक हुने भएको छ ।
राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिबाकोटीले आज दिउँसो ४ बजे र्याडिसन होटल, लाजिम्पाटमा मौद्रिक नीति सार्वजनिक हुने जानकारी दिएका छन् ।
उनका अनुसार सञ्चालक समितिबाट मौद्रिक नीति पारित भइसकेको छ ।
राष्ट्र बैंकले असार मसान्तमै मौद्रिक नीति सार्वजनिक गर्ने जनाएको थियो । तर, यसका लागि आवश्यक बोर्ड बैठक बस्न नसक्दा ढिलाइ भएको जनाएको छ ।















प्रतिक्रिया