१ कार्तिक २०८३, आइतबार

इरानद्वारा अमेरिकी गुप्तचरहरू पक्राउ गरेर मृत्युदण्ड दिएको खुलासा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ७ साउन । इरानले अमेरिकी गुप्तचर निकाय सिआइएका १७ गुप्तचरलाई पक्राउ गरेको र केहीलाई मृत्युदण्ड दिएको दाबी गरेको छ ।

इरानको इन्टिलिजेन्स मन्त्रालयका अनुसार ती गुप्तचरले इरानको रसायनिक कार्यक्रम, सैनिक तथा अरु क्षेत्रको सूचना संकलन गरेको आरोप लगाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको दाबी तथा आरोप पूर्णरुपमा झुठ रहेको भन्दै खारेज गरेका छन् । अमेरिका र इरानबिचको सम्बन्ध हाल तनावको उत्कर्षमा छ । इरानको रसायन कार्यक्रमलाई लिएर दुई देशको सम्बन्धमा तनाव उत्पन्न भएको हो ।

गएको वर्ष ट्रम्पले अमेरिका सन् २०१५ मा भएको परमाणु सम्झौताबाट बाहिरिएको घोषणा गरे । त्यसपछि अमेरिकाले इरानमाथिको आर्थिक प्रतिबन्ध कडा बनाएको छ ।

हालैका महिनामा अमेरिकाको ड्रोन इरानले खसालेपछि तनाव थप उत्कर्षमा पुगेको हो । गएको हप्ता अमेरिकाले इरानी ड्रोन ध्वस्त पारेको बताएको थियो । तर इरानले त्यसलाई अस्वीकार गरेको छ ।