बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

ह्वावेको अटो नयाँ मोबाइलको मूल्य २९ हजार ९ सय

दैनिक नेपाल २०७६ साउन ७ गते ८:१०

काठमाडौं, ७ साउन । यूरोपेली तथा एसिया प्रशान्त क्षेत्रका देशहरूमा व्यापक सफलता पश्चात् सबैभन्दा दोस्रो ठूलो स्मार्टफोन उत्पादक कम्पनी ह्वावेले पप–अपक्यामरा भएको वाई नाइनप्राइम २०१९ नेपाली बजारमा सार्वजनिक गरेको छ ।

काठमाडौंमा आयोजित एउटा कार्यक्रममा सस्तो मूल्यको बजेट फोन वाई नाइनप्राइम २०१९ सार्वजनिक गरिएको हो ।

ह्वावे स्टार्क सिरिजअन्तर्गत पप–अपक्यामरा र पूरै एचडी डिस्प्ले भएको बेजल–लेस फोन सबैभन्दा सस्तो दरमा उपलब्ध छ । नेपाली बजारमा यो स्मार्टफोनको मूल्य रुपियाँ २९,९९० तोकिएको छ । वाई नाइनप्राइम २०१९ कालो, नीलो र हरियो रंगहरूमा उपलब्धछ ।

उच्च कार्यक्षमता, शक्तिशाली किरिन ७१० एफचिपसेट र इन्टेलिजन्ट ईएमयूआई नाइनअपरेटिङ सिस्टमजडित यो स्मार्टफोनमा एआई सपोर्ट गर्ने फोटोग्राफी, लामो ब्याट्री लाइफ, हाई एण्ड ग्राफिक्स र आकर्षक डिजाइनहरूसहित अन्य विशेष विशेषताहरू रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित