४ कार्तिक २०८३, बुधबार

माछापुच्छ्रे बैंकको ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ६ साउन । माछापुच्छ्रे बैंक लिमिटेडको रु. एक हजार अङ्कित दरका ३० लाख कित्ता ऋणपत्र आजदेखि जारी गरेको छ ।

वार्षिक १०.२५ प्रतिशतको आर्कषक ब्याजदर सहित बैंकले ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी गरेको हो ।

एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको १०.२५ माछापुच्छ्रे ऋणपत्र २०८५ नामक ऋणपत्रको कुल निष्काशित ३० लाख इकाईमध्ये सामूहिक लगानी कोषकालाई छुट्टाइएको ६० हजार सहित १२ लाख इकाई अर्थात एक अर्ब २० करोड रूपैयाँ बराबरको सर्वसाधारणका लागि खुला छ । यस्तै, बाँकी १८ लाख अर्थात एक अर्ब ८० करोड बराबरको ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ११ लाख ७० हजार कित्ताका लागि आवेदन गर्न सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन छिटोमा साउन ९ गते निष्काशन बन्द हुनेछ भने ढिलोमा भदौ ३ गतेसम्म खुला रहनेछ ।

माछापुच्छ्रे बैंक लिमिटेडको ऋणपत्रले आइसिआरएएन–आइआर–ए–माइनस रेटिङ्ग प्राप्त गरेको छ । आइसिआर नेपालले प्रदान गर्ने उक्त रेटिङ्गले माछापुच्छ्रे बैंक लिमिटेड लगानीका लागि जोखिममुक्त बैंक रहेको जनाउदँछ ।

बैंकको ऋणपत्रमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाको अलवा मेरो शेयर सफ्टवेयरबाट समेत आवेदन गर्न सकिन्छ ।

माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १३२ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ ।

१ सय १२ शाखारहित बैंकिङ सेवा समेत गरी जम्मा २ सय २६ स्थानबाट ६ लाख भन्दा बढि ग्राहकलाई सम्पूर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १ सय ४४ वटा एटीएमहरु संचालनमा रहेका छन् ।